टोल–टोलमा पुग्दै नेकपा, संगठन सुदृढीकरणमा जोड

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ६

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णालीले संगठनलाई तल्लो तहसम्म सक्रिय बनाउने उद्देश्यसहित एकमहिने अभियान अघि बढाएको छ।

अभियानअन्तर्गत सदस्यता अद्यावधिकसँगै स्थानीय तहमा भेला तथा प्रशिक्षण सञ्चालन गरिने भएको छ। त्यसका लागि केन्द्रीय सदस्यको नेतृत्वमा प्रदेश र स्थानीय तहका प्रतिनिधि सम्मिलित टोली परिचालन गरिनेछ।

पार्टीका अनुसार अहिलेसम्म ३३ हजार सदस्यको नवीकरण भइसकेको छ। अभियानमा पार्टीको राजनीतिक तथा वैचारिक धारणा, सदस्यको जिम्मेवारी, संगठनको अनुगमन तथा मूल्याङ्कन र युवाको सहभागितालगायत विषयलाई समेत समेटिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *