|
२०८३ भाद्र २१
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बैठक सुरु भएको हो।
बैठकमा भदौ २४ गतेदेखि सुरु हुने भनिएको पार्टीको वडा अधिवेशन सार्ने विषयमा छलफल हुने जनाइएको छ। पछिल्लो राजनीतिक अवस्था तथा पार्टीभित्रको आन्तरिक छलफललाई समेत ध्यानमा राख्दै वडा अधिवेशनको मिति केही पर सार्ने तयारी गरिएको हो।
बैठकले वडा अधिवेशनसहित पार्टीको आगामी महाधिवेशनका विषयमा आवश्यक निर्णय गर्ने बताइएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्