सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २१

काठमाडौं । आइतबार सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार सुन प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ घटेको छ। महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँ तोकेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *