×

आजको माग राजा होइन प्रत्यक्ष कार्यकारी राष्ट्रपति चुन्ने समय रहेको मेयर साम्पाङ

चैत्र २०, २०८१ | दाक्सु मिडिया

काठमाण्डौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आजको माग राजा नभइ प्रत्यक्ष कार्यकारी राष्ट्रपति चुन्ने व्यवस्था भएको बताएका छन् । सामाजिक सञ्जलामा लेख्दै उनले राजा ल्याउने परिवर्तन नभइ प्रत्यक्ष कार्यकारी राष्ट्रपति चुन्ने र चुनिएको राष्ट्रपतिबाट आएका मन्त्रिमण्डल बनाउने भएको बताएका हुन् ।

उनले उक्त मन्त्रिमण्डललाई ५ वर्ष देश चलाउन दिने व्यवस्था गर्न समेत माग गरेका छन् । साथै यसो भएमा आफूले पनि उम्मेदवारी दिने मेयर साम्पाङले उल्लेख गरेका छन् ।

उनले भने, ‘राजा ल्याउने परिवर्तन होइन प्रत्यक्ष कार्यकारी राष्ट्रपति चुन्ने र चुनिएको राष्ट्रपतिले जो जस्लाई लिन चाहन्छ ती व्यक्तिहरूलाई लिएर मन्त्रिमण्डल बनाएर चुपो लागेर ५ वर्ष देश चलाउन दिने व्यवस्था गरौँ ! आजको माग यो हो, राजा होइन ! म पनि उम्मेदवारी दिनेछु !’

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: