|
२०८३ भाद्र २३
काठमाडौं । जेनजी शहीदहरूको सम्झनामा आज देशभर ‘जेनजी शहीद स्मृति दिवस’ मनाइँदै छ । यस अवसरमा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी समाजले स्मृति दिवस कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा सरकारका विभिन्न मन्त्री, सांसद तथा सरोकारवालाहरू सहभागी छन् । जेनजी आन्दोलन भएको २३ भदौलाई सरकारले ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै आज सार्वजनिक बिदासमेत दिएको छ ।
गत २३ भदौमा काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । त्यसको विरोधमा २४ भदौमा देशभर प्रदर्शन भएको थियो । दुई दिनको आन्दोलनमा सुरक्षाकर्मी र प्रदर्शनकारीसहित ७६ जनाको मृत्यु भएको थियो भने विभिन्न सरकारी तथा निजी संरचनामा आगजनी र तोडफोड भएको थियो ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्