|
२०८२ श्रावण २३
सोलुखुम्बु । सोताङ गाउँपालिकाले काठमाण्डौँमा प्रशासनिक सेवा प्रवाह कार्यक्रम सञ्चालन गरेको छ । वडाले काठमाण्डौमा अस्थायी रुपमा बसोबास गरेका आफ्ना नागरिककलाई लक्षित गरि उक्त शिविर आयोजना गरेको हो ।
अशक्त, बृद्धबृद्धा, व्यवसायी, विद्यार्थी, रोजगारीमा संलग्न वडाका सम्पूर्ण सेवाग्राहीलाई बर्षातको समयमा गाउँ जान समस्या हुने भएकाले नागरिकको सहजताको लागि शिविर सञ्चालनग गरेको वडाले जनाएको छ । शिविरमा सिफारिस, सामाजिक सुरक्षा भत्ता नवीकरण, पञ्जिकरण, राष्ट्रिय परिचयपत्र वितरण, व्यवसाय दर्ताजस्ता सेवा प्रदान गरिएको छ ।
शिविर काठमाण्डौँको नवदुर्गा पार्टी प्यालेस सुकेधारामा आज र भोलि दुई दिनसम्म सञ्चालन हुनेछ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्