काठमाडौं, साउन नेपालका अटो पारखीहरूका लागि प्रतिक्षारत क्षण नजिकिँदैछ। यही भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२५ ले नेपाली अटोमोबाइल उद्योगमा नवप्रवर्तन र स्मार्ट मोबिलिटीको नयाँ अध्याय सुरु गर्नेछ।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालद्वारा आयोजना हुने यो प्रतिष्ठित शोको उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री माननीय श्री विष्णु प्रसाद पौडेल द्वारा गरिने कार्यक्रम छ।
दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटी” भन्ने नारासहित आयोजना हुने यस वर्षको शो केवल गाडीहरूको प्रदर्शनी मात्र नभई प्रविधि, नवप्रवर्तन र ग्राहक संलग्नताको समागम बन्ने अपेक्षा गरिएको छ। शोले अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै मञ्चमा ल्याउने लक्ष्य राखेको छ।
कार्यक्रममा सवारीसाधन निर्माता, डिलर, पार्ट्स आपूर्तिकर्ता, वित्तीय सेवा प्रदायक, बीमा कम्पनी, तथा ग्राहकहरूबीच प्रत्यक्ष अन्तरक्रियाको अवसर प्रदान गरिनेछ। साथै, विद्युतीय सवारीसाधनहरू (EVs), हरित प्रविधि, तथा नवप्रवर्तनशील स्टार्टअपहरूलाई समेत विशेष स्थान दिइने छ।
नाडा अटो शो २०२५ ले नेपाली अटो उद्योगलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा एक ठुलो पाइला हुने अपेक्षा गरिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्