नाडा अटो शो २०२५’ भोलिदेखि काठमाडौंमा, नयाँ प्रविधि र ईभी मोडेलहरू मुख्य आकर्षण

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २

काठमाडौं, भदौ २ – नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२५’ भोलि मंगलबारदेखि राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरु हुँदैछ। अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) द्वारा आयोजना गरिने यो १७औं संस्करणको शो ‘गो फर मोर’ भन्ने नारासहित सम्पन्न हुँदैछ।

आयोजकका अनुसार, अटो शोको औपचारिक उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय गरिएको छ।

यसपटकको प्रदर्शनीमा १९ वटा चारपांग्रे सवारी साधन ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी, ४ वटा दुईपांग्रे सवारी ब्रान्ड, साथै ३५ वटा वित्तीय तथा बीमा सेवा प्रदायक कम्पनीहरू सहभागी हुँदैछन्। साथै, अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट तथा ग्यारेज उपकरणहरू पनि विशेष आकर्षणको रूपमा प्रस्तुत गरिनेछ।

नाडा अटो शो २०२५ मा सहभागी कम्पनीहरूले इलेक्ट्रिक सवारी साधन (EV)स्मार्ट प्रविधि समावेश गरिएका नयाँ मोडेलहरू प्रदर्शन गर्ने तयारी गरेका छन्। यसले नेपाली अटो बजारमा नयाँ प्रविधिको पहुँच र सम्भावना विस्तार गर्ने विश्वास व्यवसायीहरूले लिएका छन्।

नाडा अटो शोलाई पछिल्ला वर्षहरूमा नेपाली उपभोक्ताहरू, व्यवसायीहरू तथा प्रविधिप्रेमीहरूका लागि प्रमुख गन्तव्यका रूपमा हेरिँदै आएको छ। यसपटक पनि हजारौं दर्शकले शो अवलोकन गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *