काठमाण्डौँ । मंगलबार आजदेखि भृकुटीमण्डपमा नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को प्रदर्शनी सुरू भएको छ ।
अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) द्वारा आयोजना भएको यो १७औं संस्करणको शो ‘गो फर मोर’ भन्ने नारासहित सम्पन्न हुँदैछ ।
भदौ ८ गतेसम्म चल्ने नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को प्रदर्शनीमा अन्य विभिन्न मोडलका सवारी साधन सँगसँगै उड्ने ट्याक्सी विशेष आकर्षण रहेको छ ।
अत्याधुनिक प्रविधियुक्त यो ट्याक्सी ’एमएडब्लू वृद्धि अटोकर्प’ कम्पनीले नेपाल ल्याएको हो ।
एमएडब्लूले चांगानकै लोकप्रिय उत्पादन ’दिपल’ ब्रान्डका इलेक्ट्रिक कार आयात गर्दै आएको छ ।
’दिपल एस–०५’ हालै सार्वजनिक गरिएको थियो । बिजुलीबाट चल्ने र आफै उडान भर्ने क्षमता भएको यो हवाई ट्याक्सीको नाम ’इलेक्ट्रिक–भर्टिकली टेक अफ एन्ड ल्यान्डिङ’ (इ–भिटिओएल) हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शोको उद्घाटन गरेका छन् । कार्यक्रममा अर्थमन्त्री बिष्णु प्रसाद पौडेललगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा एशोसिएसनका अध्यक्ष करण चौधरीले यो अटो शोले कुल अटोमोबाइल्स व्यापारको ४० प्रतिशत हिस्सा ओगट्ने भन्दै यो एउटा प्रदर्शनी मात्रै नभएर व्यापारिक केन्द्र भएको बताएका छन् ।
अध्यक्ष चौधरीले अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पु¥याएको भन्दै अहिले यो क्षेत्रले नेपालमा १० लाख रोजगारी सिर्जना गरेको र ३ हजार व्यवसायीलाई एकीकृत गरेको दाबी गरेका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्