मेलम्ची प्रभावितका माग पूरा गर्न सरकारसँग दुलालको माग

DaksuMedia दाक्सु मिडिया
|
अशोज १, २०८३

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले मेलम्ची खानेपानी आयोजना प्रभावित तथा स्थानीय भेन्डर्सका माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै दुलालले प्रभावित पीडित भेन्डर्स संघर्ष समितिले आजदेखि मेलम्ची खानेपानी आयोजनाका सवारीसाधन र कर्मचारीलाई आयोजनास्थल प्रवेशमा रोक लगाउने घोषणा गरेको जानकारी दिए।

आन्दोलनका कारण आयोजनाको काम प्रभावित भई मेलम्ची खानेपानी सञ्चालनमा समस्या आउन सक्ने भन्दै उनले सरकारलाई तत्काल पहल गर्न आग्रह गरे।

उनले विगतमा बाढीपीडित तथा स्थानीय भेन्डर्ससँग सरकारले गरेका सम्झौता अझै कार्यान्वयन नभएको बताए। बाढीपीडितको मुख्य माग प्रभावित क्षेत्र, सडक तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण रहेको र स्थानीय भेन्डर्सले आफूले पाउनुपर्ने रकम तथा अधिकारको माग गरिरहेको उनले उल्लेख गरे।

दुलालले मेलम्चीदेखि हेलम्बुसम्मको सडक निर्माणका लागि बहुवर्षीय ठेक्का तत्काल स्वीकृत गर्न तथा मेलम्चीदेखि पाँचपोखरीसम्मको सडकको बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन माग गरे। साथै, विगतमा पीडितसँग गरिएका सम्झौता तत्काल कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *