नाडा अटो शो २०२५ का लागि सभामुख घिमिरेलाई विशेष निमन्त्रणा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १

नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले आगामी नाडा अटो शो २०२५ मा सभामुख देवराज घिमिरेलाई विशेष निमन्त्रणा गरेको छ। महासचिव सुरेन्द्र कुमार उप्रेती नेतृत्वको टोलीले सभामुखलाई भेटी भदौ ३ देखि ८ गतेसम्म हुने प्रदर्शनीको औपचारिक निमन्त्रणा दिएको हो। भेटमा कोषाध्यक्ष मिलनबाबु मल्ललगायत अन्य पदाधिकारीहरू पनि सहभागी थिए। नाडाले यस वर्षको अटो शो नेपालकै सबैभन्दा ठूलो र ऐतिहासिक अटो प्रदर्शनी हुने बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *