बृहत्तर एकताका लागि पहल गरिरहेको छु : गगन थापा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र बृहत्तर एकताका लागि आफूले निरन्तर पहल गरिरहेको बताएका छन्।

बिहीबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले १५औँ महाधिवेशनमा पार्टीलाई एकढिक्का बनाएर अघि बढाउनुपर्नेमा जोड दिए। उनले निवर्तमान सभापति शेरबहादुर देउवासहित पूर्वपदाधिकारीलाई महाधिवेशन प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन सार्वजनिक अपिल गरे।

‘महाधिवेशन उद्घाटनमा आउनुहोस्,’ थापाले देउवालाई आग्रह गर्दै भने। उनले देउवासँगै बसेर अधिवेशन गर्न नपर्ने कुनै कारण नरहेको बताउँदै पार्टीको बृहत्तर एकताका लागि आफूले गर्नुपर्ने सबै काम गर्न तयार रहेको उल्लेख गरे।

कांग्रेसको निर्धारित कार्यतालिकाअनुसार वडा अधिवेशन असोज ३ र ४ गते तथा केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने तयारी छ। थापाले आफू पार्टीको विधान, संविधान र विधिबाट निर्देशित रहेको भन्दै तोकिएकै समयमा महाधिवेशन सम्पन्न हुने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *