काठमाडौं–तराई-मधेश दू्रतमार्गको काम समयमै सकिनेमा रक्षामन्त्री राईको आशंका

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण २९

काठमाण्डौँ । रक्षामन्त्री मानवीर राईले ०८३ भित्रै काठमाडौं—तराईरमधेश द्रूतमार्गको काम सकिनेमा आशंका व्यक्त गरेका छन् ।

बिहीबार सिंहदरबारमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासबारे संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा छलफल भएको थियो ।

उक्त छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री राईले अहिले सरकार फास्ट ट्रयाकमा केन्द्रित रहेको र नेपालमा अन्तर्राष्ट्रिय स्तरको बाटो बनिरहेको जानकारी गराए ।

साथै, उनले ०८३ सम्म बन्छ भन्ने विश्वास नलागेको तर मेलम्चीको जस्तो लामो समय नलाग्ने पनि बताए ।

सडक निर्माणका क्रममा नेपालमा जमिनको समस्या हुने गरेको बताउँदै उनले अन्य देशहरूमा जमिन सरकारको नाममा हुने भएकाले कुनै समस्या नहुने भए पनि नेपालको हकमा त्यस्तो नहुने बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *