रसुवाको बाढीग्रस्त क्षेत्रको अवलोकनमा प्रधानमन्त्री ओली जाँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ असार २४

काठमाण्डौँ । रसुवामा बाढी पहिरोले पुर्‍याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ जाँदै छन् ।

सोमबार राति आएको रसुवाको क्षतिग्रस्त ठाउँको अवलोकन गर्न प्रधानमन्त्री ओली सहित गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेल जाने भएका हुन् ।

बालुवाटार स्रोतका अनुसार दुई वटा हेलिकोप्टरबाट क्षतिग्रस्त क्षेत्रमा प्रधानमन्त्री ओलीसहितको टोली जान लागेको हो ।

बाढीग्रस्त क्षेत्रमा तीन वटै सुरक्षा निकायमा प्रमुख पनि जाने भएका छन् । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दीपक थापा र सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल बाढीग्रस्त क्षेत्रमा जान लागेका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *