×

ऋण दिँदैमा व्यवसायी सफल भएर ननिस्किने गभर्नर पौडेलको भनाई

असार २२, २०८२ | दाक्सु मिडिया

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले ऋण दिँदैमा व्यवसायी सफल भएर ननिस्किने बताएका छन् । अर्थ समितिको आइतबारको बैठकमा उनले बैंकमा पर्याप्त तरलता रहे पनि व्यवसायी र किसानसँग पर्याप्त सीप क्षमता नभए त्यसको माग हुन नसक्ने उल्लेख गरेका छन् ।

उनले केन्द्रीय बैंकको परम्परागत सिद्धान्त बैंक वित्तीय संस्थाको ब्यालेन्स सिट हर्ने मात्रै भएको भन्दै उनले पछिल्लो १०० वर्षदेखि मात्रै अर्थशास्त्रीय अवस्थामा प्रवेश सुरु गरेको बताएका छन् ।

उनले पछिल्लो तीन दशकमा बैंकबाट ऋण कसरी प्रवाह हुन्छ भनेर हामीले धेरै एकस्पेरिमेन्ट गरेको भन्दै ऋण दिँदैमा व्यवसायी सफल भएर ननिस्किने बताए । ‘मृगको सङ्ख्या नबढाई बाघको सङ्ख्या बढ्दैन’, उनले भने, ‘ऋण दिँदैमा व्यवसायी सफल भएर निस्किँदैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: