
काठमाण्डौँ । ललितपुरमा बिजुलीको पोलले लागेर एक जना पुरुषको ज्यान गएको छ ।
ज्यान जानेमा सोही ठाउँकै ५५ वर्षीय रमेश खड्गी रहेको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताएका छन् ।
उनका अनुसार, डोजरले बाटो खन्ने क्रममा पोलले लागेर उनको मृत्यु भएको हो ।
प्र . ३–०१ ००३ क ६७४२ नम्बरको जेसिपिले विद्युत्को पोल अडाउने र सार्ने काम गर्ने क्रममा ढलेको थियो ।
खड्गी बाटो ममर्तको काम छेउमै उभिएर हेरिरहेका थिए । सो क्रममा विद्युत्को पोल ढलेर लाग्दा गम्भीर घाइते भएका थिए । उनलाई अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् ।
उनको मृत्यु भएपछि स्थानीयहरूले ठेचो क्षेत्रमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया