बंगलादेशमा जन्ती हिँडेका १७ जनाको चट्याङ लागेर मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण २१

एजेन्सी, साउन २१ । बंगलादेशमा जन्ती हिँडेका १७ जनाको चट्याङ लागेर मृत्यु भएको छ । बेहुलासहित १४ जना घाइते भएका छन् । जन्ती लिएर बेहुलीको घर गइरहेका बेला चट्याङ लागेको बीबीसीले जनाएको छ ।

दक्षिण एसियामा वर्षेनी चट्याङ लागेर सयौँको ज्यान जाने गरेको छ । बंगलादेशमा सन् २०१६ मा एकैदिन ८२ जना र मे महिनामा मात्रै २ सय जनाको चट्याङ्ग लागेर मृत्यु भएपछि चट्याङ्गलाई प्राकृतिक विपत्ति घोषणा गरिएको थिया ।

विज्ञले वनजंगल फडानीका कारण चट्याङ्ग लागेर मानिसको मृत्यु हुने क्रम बढेको बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *