
काठमाण्डौँ । रक्षामन्त्री मानवीर राईले तीनकुने क्षेत्रमा राजावादीहरूको प्रदर्शनका नाममा भएका घटनाहरूले मुलुकको बेइज्जत गरेको बताएका छन् । गत चैत १५ गते राजावादीहरुले प्रर्शसनको नाममा तोडफोड, लुटपाट, आगजनी जस्ता अराजक गतिविधि गरेका थिए ।
भाटभटेनी सुपर मार्केटलगायत अन्य व्यापार–व्यवसाय, उद्योगहरूमा भएको आगजनी, लुटपाट तथा तोडफोडको घटनाले देशकै बेइज्जत गर्नाको साथै मुलुकका उद्योगी–व्यवसायीहरूमा आतङ्कसमेत सृजना गरेको उनको भनाइ छ ।
उनले कुनै पनि सरकारी कार्यालय वा मन्त्रालयममा आएका फाइलहरूमाथिको कारबाही ढिलोमा एक हप्ताभित्र सक्ने नीति सरकारले लिएको जानकारी गराए । काम हुने फाइल भए काम गरेर पठाउने र हुने भएमा पनि नहुने सूचना दिने परिपाटीको विकास गर्ने गरी सरकार अघि बढिरहेको उनको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया