×

मन्त्रिपरिषद्को निर्णय ; एसईई आन्तरिक मूल्याङ्कनबाट गरिने

जेष्ठ १८, २०७८ | दाक्सु मिडिया

१८ जेठ, काठमाण्डाैं । हिजो बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले पोहोर सरह यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि आन्तरिक मूल्याङ्कनबाट हुने निर्णय गरेको हो।

सो निर्णय अनुसार सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा विद्यालयहरुले गरेको आन्तरिक मूल्याङ्कनका विवरण पठाउनुपर्ने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ। विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारेर सार्वजनिक गर्नेछ ।

यसअघि शिक्षा मन्त्रालयको बैठकले गएको वर्ष जस्तै आन्तरिक मूल्याङ्कन विधिअनुसार एसईई सम्पन्न गराउने प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो ।

यस वर्ष पनि कोरोना महामारीका कारण परीक्षा सञ्चालन गर्न नसकिने अवस्था भएपश्चात सरकारद्वारा गएको वर्षकै विधि अपनाउने निर्णय गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: