×

पत्रकारको संसद् प्रवेश पास निलम्बनको संसद्‌मै विरोध

फाल्गुन २१, २०८१ | दाक्सु मिडिया

काठमाण्डौँ । पत्रकारको संसद प्रवेश पास निलम्बनको संसद्‌मै विरोध भएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले प्रवेश पास निलम्बनको कारण खोज्दै विरोध गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले प्रश्न सोधेकै कारण पत्रकारको पास संसद सचिवालयले निलम्बन गर्नु उचित नरहेको बताएका छन् ।

१९३० को जर्मनीको इतिहास पढ्न उनको आग्रह छ । सरकार पनि हिटलरको जस्तै प्रयासमा रहेको उनको आरोप छ । रास्वपाकै सांसद शिव नेपालीले लोकतन्त्रको आधारभूत मान्यता वाक स्वतन्त्रता रहेको बताएका छन् ।

तर, लोकतान्त्रिक सरकारको प्रधानमन्त्रलाई लोकतन्त्र मन नपरेको आभास भइराखेको उनले बताएका छन् । संघीय संसद् सचिवालयले दुई जना पत्रकारको संसद प्रवेश पास निलम्बन गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको भनेर पत्रकाद्वय प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद् प्रवेश पास निलम्बन गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: