
काठमाण्डौँ । ‘नो केबलकार’ पक्षधर र प्रहरीबीच शनिबार साँझ फुङलिङमा झडप हुँदा ८ प्रहरी र आन्दोलनरत पक्षका ४ जना घाइते भएका छन् ।
आन्दोलनरत पक्षले साँझ राँके जुलुस गर्ने क्रममा वीरेन्द्र चोकमा प्रहरीसँग झडप भएको हो ।
आन्दोलनरत पक्षका अगुवा नवीन पोमूले आफ्नो पक्षका केही घाइते भए पनि यकिन नभएको र केहीलाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन् ।
रातिसम्म प्रदर्शन भइरहेको र पक्राउका विषयमा यकिन भई नसकेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन् । घाइतेको जिल्ला अस्पताल र तमोर अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यलयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया