×

विद्यालयमा छात्राले गोली चलाउँदा दुई जनाको मृत्यु

पुस २, २०८१ | दाक्सु मिडिया

काठमाडौँ : अमेरिकाको विस्कन्सिन राज्यमा एक छात्राले गोली हानेर दुईजनाको हत्या गरेकी छिन् ।

एक विद्यालय भएको घटनामा ६ विद्यार्थी घाइते भएका छन् । घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ । निजी क्रिश्चियन विद्यालयमा शिक्षक र किशोर विद्यार्थीलाई गोली हानी हत्या गर्ने आक्रमणकारी १७ वर्षीय किशोरी रहेको समाचारमा उल्लेख छ ।

उनले गोली चलाउनुको कारण खुलेको छैन। परिवारको सहयोगमा प्रहरीले ती आक्रमणकारी युवतीमाथि अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: