रुसको एक विद्यालयमा गोली चल्दा कम्तिमा ११ जनाको मृत्यु भएको छ।
पूर्वी मस्को देखि ८२० किलोमिटर टाढा कजान सहरको विद्यालयमा यो घटना घटेको थियो । उक्त घटनामा ७ बच्चाले ज्यान गुमाएका छन् भने दर्जनौँ घाइते भएका छन् । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।
अधिकारीका अनुसार दुई मानिसले अन्धाधुन्द गोली बर्साएका थिए । सङ्कास्पद एक १९ वर्षीय युवालाई नियन्त्रणमा लिइएको छ ।
कजान मुस्लिम गणराज्य तातारस्तानको राजधानी हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया