युवालाई निरुत्साहित गर्ने चलन फेरौं : उपाध्यक्ष मैनाली

DaksuMedia दाक्सु मिडिया
|
२०८१ भाद्र २७

काठमाडौं : अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष जीपी मैनालीले इन्जिनियरिङ क्षेत्र भित्र युवालाई निरुत्साहित गर्ने डरलाग्दो सामन्तवादी शैली रहेको आरोप लगाएका छन् ।

प्राविधिक विशेष शिक्षा समितिको तेस्रो सम्मेलनको उदघाटन सत्रलाई थापाथली इन्जिनियरिङ क्याम्पसमा सम्बोधन गर्दै मैनालीले भने, ‘इन्जिनियरिङ क्षेत्रभित्र सबैभन्दा ठूलो समान्तवाद छ । युवालाई नमान्ने प्रवृत्ति छ । दाइ प्रथा छ । क्षमता भएका युवाले शीर्ष पदमा उमेदवारी दिँदा कर्के नजरले हेर्ने चलन छ ।’

आफैंं सिभिल इन्जिनियर रहेका उनले भने, ‘मुलुकका कैयन क्षेत्रमा सक्षम युवाहरु शीर्ष नेतृत्वमा पुगेर युवा क्षमतालाई सावित गरिसक्दा पनि इन्जिनियरिङ क्षेत्रमा भने युवा उमेदवार माथिल्लो पदमा उमेदवार हुँदा हल्का रुपमा लिने ट्रेन्ड छ । यसलाई फेरौं । दल नहेरी युवालाई चुनौँ ।’पैसाको बलमा भोट बटुल्ने परम्परा तोडेर नयाँ परिभाषा निर्माण गर्नुपर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *