नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरू विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार अगाडी बढाउनुपर्ने बताएका छन् । शनिवार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपाध्यक्ष सापकोटाले नेपाल सरकार र तत्कालीन माओवादी पार्टीका बीचमा २०६३ साल मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौताका अनुसार सङ्क्रमणकालीन न्यायको विषय अगाडी बढ्नुपर्ने बताएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया