तनहुँमा डेङ्गी सङ्क्रमणका कारण एकजनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण २२

काठमाडौँ : तनहुँमा डेङ्गी सङ्क्रमणका कारण एकजनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अन्दाजी ५० वर्षीय एकजना पुरुषको सोमवार मृत्यु भएको हो।

महाशाखाका किटजन्य शाखाका प्रमुख गोकर्ण दाहालका अनुसार सन् २०२४ को यो पहिलो डेङ्गी सङ्क्रमणका कारण मृत्यु भएको केस हो।

उनले नेपालमा हालसम्म २ हजार ३ सय ६५ जनामा सङ्क्रमण देखिएकोमा एकजनाको मृत्यु भएको बताए। उनले तनहुँ गत वर्षदेखि नै डेङ्गीका कारण धेरै प्रभावित हुने जिल्लामा परेको भन्दै हालसम्म ७३ जिल्लामा डेङ्गी सङ्क्रमण फैलिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *