ब्रड पिक हिमपहिरोको दुःखद अन्त्य : निर्मल पुर्जासहित १० आरोहीको मृत्यु पुष्टि

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १६

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रमा रहेको ब्रड पिक हिमालमा गएको हिमपहिरोमा बेपत्ता भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित १० जना आरोहीको मृत्यु भएको पुष्टि भएको छ। ‘निम्स दाइ फाउन्डेसन’ र ‘एलिट एक्सपिडिसन’ले सामाजिक सञ्जालमार्फत सबै आरोहीको निधन भएको जानकारी दिएका हुन्।

मृतकमध्ये छ जना नेपाली रहेका छन्। उनीहरूमा निर्मल पुर्जा, पुरबहादुर गुरुङ, निमा शेर्पा, किलीपेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्डु शेर्पा छन्। त्यस्तै पाकिस्तान, चीन, ओमान र अमेरिकाका चार विदेशी आरोहीले पनि ज्यान गुमाएका छन्।

सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल छ महिना ६ दिनमै आरोहण गरी विश्व कीर्तिमान बनाएका निर्मल पुर्जा नेपाली पर्वतारोहणका अन्तर्राष्ट्रिय रूपमा परिचित व्यक्तित्व थिए। हिमपहिरोले टोलीलाई ६ हजार मिटरभन्दा माथिबाट करिब ८ सय मिटर तलसम्म बगाएको जनाइएको छ। खराब मौसमका कारण उद्धार कार्यमा पनि कठिनाइ भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *