×

पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण ५५ जनाकाे मृत्यु, ७ हजार ६६० संक्रमित थपिए

बैशाख २१, २०७८ | दाक्सु मिडिया

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार ६६० जना कोरोना संक्रमित थपिएका छन् भने ५५ जनाको ज्यान गुमाएका छन् ।

आज मात्र देशभर १६ हजार १ सय ३१ आरटी पिसिआर र ५ सय ७१ एन्टिजेन परीक्षण गरिएकोमा ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जम्मा कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ भने यीमध्ये ५९ हजार ७ सय ९८ जना सक्रिय संक्रमित रहेका छन् ।

मंगलबार देशभर १ हजार ७ सय ७५ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका १ हजार ७ सय ७५ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ८७ हजार ७ सय ९० जना पुगेको छ । निको हुने दर ८२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ५५ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: