|
२०८३ श्रावण १६
काठमाडौं । रुसले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म युक्रेनको राजधानी किभमा मिसाइल र ड्रोनमार्फत गरेको आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।
युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणका क्रममा विभिन्न आवासीय क्षेत्रमा क्षति पुगेको छ। किभका मेयर भिताली क्लिच्कोले सोलोमियान्स्की जिल्लामा पाँचतले आवासीय भवनको भग्नावशेष खस्दा दुई जनाको मृत्यु भएको र दुई बालबालिकासहित आठ जना घाइते भएको जानकारी दिएका छन्। उद्धार टोलीले प्रभावित क्षेत्रमा खोज तथा राहत कार्य जारी राखेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्