हिमपहिरोमा हराए ‘निम्स दाइ’, विश्व पर्वतारोहणले गुमायो एक कीर्तिमानी आरोही

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १६

काठमाडौं । पाकिस्तानको ब्रड पिक हिमाल क्षेत्रमा आएको हिमपहिरोमा विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को निधन भएको पुष्टि भएको छ। उनले स्थापना गरेको पर्वतारोहण संस्था इलाइट एक्सपेडले सामाजिक सञ्जालमार्फत उनको निधनको जानकारी दिएको हो।

हिमपहिरोमा निर्मल पुर्जासहित १० जना पर्वतारोही बेपत्ता भएका थिए। यसअघि चार जनाको शव फेला परेको थियो भने त्यसपछि पुर्जाको पनि मृत्यु भएको पुष्टि गरिएको हो। बेपत्ता हुनेमध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए।

विश्व पर्वतारोहण क्षेत्रमा साहसिक आरोहण र कीर्तिमानी सफलताका लागि परिचित पुर्जाले ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल सबैभन्दा छोटो अवधिमा आरोहण गरेर ऐतिहासिक कीर्तिमान कायम गरेका थिए। म्याग्दीमा जन्मिएका उनी पूर्व ब्रिटिस गोर्खा सैनिक तथा विशेष बोट सेवा (स्पेशल बोट सर्भिस) मा प्रवेश पाउने पहिलो नेपाली पनि हुन्। सन् २०१८ मा उनको योगदानको सम्मानस्वरूप बेलायती महारानीबाट ब्रिटिस साम्राज्य पदक (एमबीई) प्रदान गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *