|
२०८२ भाद्र १३
१३ भदौ, काठमाडौं — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १२२ जना उपसचिव र ९७ शाखा अधिकृतको सरुवा गर्दै देशभरका नगरपालिका र गाउँपालिकामा दरबन्दीअनुसारका प्रमुख प्रशासकीय अधिकृत खटाएको
मन्त्री भगवती न्यौपानेका अनुसार, स्थानीय तह पुनर्संरचना पश्चात् पहिलोपटक सम्पूर्ण पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको संख्या शून्य भएको छ।
अघिसम्म १०५ नगरपालिका र ८६ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन हुँदै आएका थिए।
सरुवामा पारदर्शिता, कार्यकुशलता र क्षेत्रीय अनुभवलाई प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ। दरबन्दीअनुसार अधिकारी खटिएकाले अब निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी स्वतः रद्द भएको छ।
महानगर र उपमहानगरपालिकामा पनि चाँडै दरबन्दीअनुसार सहसचिव पठाइने मन्त्रालयले जनाएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्