सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रमको तयारीबारे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग छलफल गर्ने भएका छन्।
छलफलका लागि सभामुख घिमिरेले कानून,न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी तथा प्रमुख राजनीतिक दलहरूका प्रमुख र मुख्य सचेतकहरूलाई बोलाएका छन्।
छलफल दिउँसो २ बजे सभामुख घिमिरेको कार्यकक्ष सिंहदरबारका हुने उनको नीजि सचिवालयले जनाएको छ। सरकारले जेठ १ गते संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जनाएको छ।
२८ गतेदेखि सुरू भएको संसदको बर्खे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट पेश गर्ने हुन्छ।
तर सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानविन समिति बन्नुपर्ने माग राखेर संसद अबरोध गरिरहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया