×

जिमी राई उत्थान समाज सोलुको रजत बर्ष उत्सब सम्पन्न

भदौ २४, २०८० | दाक्सु मिडिया

जिमी राई उत्थान समाज, सोलुखुम्बुको २५ औँ स्थापना दिवस तथा रजत बर्ष उत्सबको अवसरमा दुई पत्रकारसहित विभिन्न ब्यक्तित्वहरुलाई सम्मानित गरिएको छ।
जिमी राई उत्थान समाजका केन्द्रिय अध्यक्ष यस बहादुर राईको सभापतित्व तथा सोलु दुधकुण्ड नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत कोपिला राईको प्रमुख आतिथ्यतामा काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा दुई पत्रकार सोलु एफएमकि स्टेशन मेनेजर गार्डेन राई र दाक्सु मिडियाका मिलन खालिङलाई संस्थाका तर्फबाट नगदसहित प्रमाणपत्रले सम्मानित गरिएको हो।
रजतवर्ष उत्सवकै अवसरमा खेल क्षेत्रबाट राष्ट्रलाई नै प्रतिनिधित्व गर्दै महत्वपूर्ण योगदान पुर्याएकोमा अन्तराष्ट्रिय फुटबल खेलाडी प्रिति राई, बक्सिङ खेलाडी बिनिस राईलाई पनि सम्मानित गरिएको छ ।
यसैगरी,निजामती सरकारी कर्मचारीतर्फ नेपाल सरकारका उपसचिव योग्य प्रसाद राई, समाजशास्त्री आकृता राई, कम्युटर अधिकृत विकास राई स्थापना दिवस साथै रजतवर्षको अवसरमा पुरस्कृत तथा सम्मानित भएका छन् ।
जिमि राईले समुदाय र देशका लागि विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरुको कामको सम्मान तथा योगदानको कदर गर्दै सोलुखुम्बुका सात जनालाई स्थापना दिवसको अवसरमा प्रमाण पत्र सहित नगदका साथ पुरस्कृत तथा सम्मान गरिएको सो संस्थाले जनाएको छ ।
यसैबीच स्थापना दिवसको अवसरमा दुधकुण्ड नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले सोलुखुम्बुको सल्लेरीमा निर्माणाधिन जिमी राईको बहुउद्देश्यीय भवन निर्माणका लागि ५० हजार पाँच सय २५ रुपैया आर्थिक सहयोग गर्ने घोषणा गरेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: