सोलुदुधकुण्ड नगरपालिकाको हिउँदे सभा सम्पन्न

DaksuMedia दाक्सु मिडिया
|
२०८० माघ २५

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको १३ औँ नगरसभा सपन्न भएको छ । ६ नम्बर वडा कार्यालय दोर्पुमा आज हिउँदे सभा सकिएको प्रमुख प्रशासकीय अधिकृत कोपिला राई्ले जानकारी दिनुभयो ।
राईका अनुसार सभाले चालु आर्थिक वर्षको पहिलो ६ महिनाको विकासे योजनाको अर्धवार्षिक समिक्षा पनि गरिएको छ । अघिल्लो आर्थिक वर्षको महालेखा परिक्षणकको प्रारम्भिक प्रतिवेदनको बेरुजु उपर छलफल र नियमित गर्ने निर्णय गरिएको छ ।
नगरको प्रशासनिक भवन निर्माणका लागि बहुवर्षीय खरिद योजना पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत राईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *