×

न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन सुरु, सोलुको ८ वटै स्थानीय तहको सहभागिता

चैत्र १५, २०७९ | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं महानगरपालिकाले आयोजना गरेको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनमा सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकासहित सात वटै गाउँपालिकाले सहभागिता जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको प्रमुख आतिथ्यतामा काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आज चैत १५ गते देखि सुरु भएको सम्मेलनमा देशको सात ७५३ वटा स्थानीय तहका न्यायीक समिति संयोजक र सदस्यहरुकोको उपस्थित रहेको छ ।
कार्यक्रममा न्यायीक समितिको अवधारणा, विभिन्न कानुनमा भएका न्यायिक समिति सम्बन्धि व्यवस्था,न्याय सम्पादनमा न्यायिक समितिको क्षेत्राधिकार प्रचलन, विबाद निरुपणमा अपनाईने न्यायिक कार्यविधि, स्थानीय विवाद समाधानमा मेलमिलाप प्रतिक्रिया र यसको प्रवर्धनबारे कार्यपत्र प्रस्तुत गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: