×

सुर्केदेखि पैंयासम्मको सडक ट्रयाक ओपनको शिलान्यास सम्पन्न

चैत्र २३, २०७९ | दाक्सु मिडिया सम्वाददाता

सोलुखुम्बु।ङिमदोर्जी शेर्पा पर्यटन सडक अन्तर्गत खुम्बु पासाङल्हामु गाउॅपालिका वडा नं-२ सुर्केदेखि खुम्बु पासाङल्हामु गाउॅपालिका वडा नं-१ पैंयातर्फ सडक ट्रयाक ओपन कार्यको सिलान्यास सम्पन्न भएको छ।स्थानीय परम्परा अनुसार पुजा गरी ट्राक ओपन कार्यको शिलान्यास गरिएको हो ।
शिलान्यास कार्यक्रममा खम्बु पासाङल्हामु गाउॅपालिकाका अध्यक्ष मिङमाछिरी शेर्पा, वडा नं. २ का वडाध्यक्ष आङफुर्वा शेर्पा, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद चापागाई, प्रवक्ता ल्हाक्पाछिरी शेर्पा, वडा नं २ का वडा सदस्य टंकबहादुर राई, योजना शाखा प्रमुख दिपकुमार बस्नेत, ग्रिन तारा टोल बिकास संस्थाका अध्यक्ष ङवाङजिम्बा शेर्पा लगायत पदाधिकारीहरू,तथा स्थानीयबासीहरूको उपस्थिति रहेको थियो ।

सुर्केदेखि पैंयातर्फ ट्रयाक ओपन गर्न हेलिकप्टरमार्फत दुई वटा स्काभेटर, कम्प्रेसर, लगायत आवश्यक सामाग्रीहरू ढुवानी गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: