×

रिम्येजुङ र राङदिङ खानेपानी तथा अग्नी नियन्त्रण योजनाको कार्य अन्तिम चरणमा

बैशाख १७, २०८२ | दाक्सु मिडिया

सोलुखुम्बु । खुम्बुपासाङल्हामु गाउॅपालिका वडा नम्बर ३ को रिम्येजुङ र राङदिङ खानेपानी तथा अग्नी नियन्त्रण योजनाको कार्य अन्तिम चरणमा पुगेको छ ।

खुम्बु पासाङल्हामु गाउॅपालिका र कादुरी एग्रीकल्चर एड एसोसिएसनको साझेदारी एवं स्थानीयहरूको लागत सहभागितामा निर्माण भएको उक्त आयोजना अन्तिम चरणमा पुगेको हो ।

यो योजनाको लागि कादुरी एग्रीकल्चर एड एसोसिएसनले १ करोड ४१ लाख रूपैयाँ, खुम्बु पासाङल्हामु गाउॅपालिकाले ५० लाख रुपैयाँ र स्थानीय उपभोक्ताहरूबाट ९ लाख रूपैयाँ लागत साझेदारी रहेको बताइएको छ ।

उक्त योजनाबाट ६१ घर परिवार दुई वटा गुम्बामा एक घर एक धारा र अग्नी नियन्त्रण प्रणाली (Fire Hydrant system) क्षेत्रमा खानेपानिको सुविधा पुग्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: