नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सोलुखुम्बुमा जिल्लास्तरीय छनोट

DaksuMedia दाक्सु मिडिया
|
२०७९ भाद्र ७

सोलुखुम्बु- आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सोलुखुम्बुमा जिल्लास्तरीय छनोट भदौ ७ आज देखि सुरु हुने भएको छ।

सोलुखुम्बु जिल्ला खेलकुद समितिका अध्यक्ष नरेन्द्र बहादुर थापा मगरका अनुसार उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक आवेदन भरेका महिला र पुरुष खेलाडीको छनोट भदौ ७ देखि भदौ १२ सम्म हुने भएको हो।

पहिलो दिन भलिबल (महिला/पुरुष), छनोट सदरमुकाममा हुनेछ। दोस्रो दिन नेचासल्यान गाउपालिकामा तेक्वान्दो (महिला/पुरुष), छनोट हुनेछ । एथलेटिक्स, कबडडि(महिला/पुरुष), टेबलटेनिस (महिला/पुरुष), ब्याडमिन्टन (महिला/पुरुष) को खेल सदरमुकाम सल्लेरिमा हुनेछ । आचरि खेल छनोट भदौ ९ गते हुने जनाइएको छ।

यस्तै, भदौ १० गते नेचासल्यान गाउपालिकामा पुरुष फुट्बल खेल हुनेछ । जुडो, चेस, सितोरिया कराते किकोसिङ कराते खेलहरु सदरमुकाममा हुनेछ । भदौ ११ गते जिल्ला समन्वय समितिको खेल मैदानमा महिला फुट्बल र किकोसिङ कराते छनोट प्रतियोगिता सञ्चालन हुने सोलुखुम्बुका जिल्ला खेलकुद समितिले जनाएको छ।

छनोट प्रतियोगितामा सहभागी हुनका लागि यहाँका ५०० खेलाडीले आवेदन भरेका छन्। जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुन पाउनेछन्।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने तय भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *