अमेरिकाले रुसबाट तेल किन्ने देशमा १०० प्रतिशतसम्म ट्यारिफ लगाउने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १

काठमाडौं । अमेरिकी संसद्ले रुसबाट ठूलो मात्रामा तेल खरिद गर्ने देशमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउन सक्ने विधेयक पारित गरेको छ।

तल्लो सदनले बुधबार विधेयक २६२–१५९ मतले पारित गरेको हो। सिनेटले यसअघि नै ८६–११ मतले पारित गरिसकेको छ। अब राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेपछि विधेयक कानुन बन्नेछ।

विधेयकको दायरामा रुसबाट धेरै कच्चा तेल खरिद गर्ने भारत, चीन, स्लोभाकिया, हङ्गेरी र अजरबैजान छन्। भारतले आफ्नो आवश्यकताको ४० प्रतिशतभन्दा बढी कच्चा तेल रुसबाट आयात गर्दै आएको छ।

अमेरिकी ट्यारिफ लागू भएमा भारतीय सामान अमेरिकी बजारमा महँगो हुन सक्नेछ। भारतले रुसबाट तेल आयात घटाएर अन्य देशबाट महँगो तेल खरिद गर्नुपरे पेट्रोलियम पदार्थको मूल्य बढ्न सक्ने र त्यसको असर नेपालमा समेत पर्न सक्ने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *