|
२०८३ आश्विन १
सुनसरी । सुनसरीका किसान यतिबेला जुट काट्ने, पानीमा डुबाउने, केलाउने, सुकाउने र बिक्री गर्ने काममा व्यस्त छन्।
जुट अहिले स्थानीय बजारमा ४० किलोको करिब ६ हजार रुपैयाँमा बिक्री भइरहेको किसानले बताएका छन्। व्यापारीले घरमै पुगेर जुट खरिद गर्ने गरेका छन्।
कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार यस वर्ष जिल्लामा १ हजार ३३४ हेक्टर क्षेत्रफलमा जुट खेती भएको छ। यसबाट २ हजार ८१ मेट्रिक टन उत्पादन भएको छ।
जुटको मूल्य राम्रो हुन थालेपछि किसानले खेतीको क्षेत्रफल बढाउँदै लगेका छन्। तर स्थानीय उत्पादनले जुट उद्योगको माग धान्न नसक्दा भारत र बंगलादेशबाट समेत कच्चा जुट आयात भइरहेको उद्योगीहरू बताउँछन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्