काठमाडौं । सरकारले पछिल्लो एक सातामा संघीय संसद्मा १० वटा विधेयक दर्ता गरेको छ।
मंगलबार मात्रै सरकारले तीन वटा विधेयक दर्ता गरेको हो। दर्ता भएका विधेयकमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक छन्।
यसअघि असोज ५ गते पाँच वटा विधेयक दर्ता भएका थिए। तीमध्ये डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (दोस्रो संशोधन) विधेयक रहेका छन्।
त्यस्तै, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक र आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक पनि दर्ता भएका छन्।
असोज २ गते निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक र असोज १ गते फोहोरमैला व्यवस्थापन विधेयक दर्ता भएका थिए।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्