×

कोरोना खोप अभियान : १ लाख २८ हजार बढीले लगाए

माघ २१, २०७७ | दाक्सु मिडिया

काठमाडौं – नेपालमा मंगलबार सम्ममा १ लाख २८ हजार बढीले कोरोना खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै मंगलबारसम्ममा १ लाख २८ हजार ६५० जनाले कोरोना विरुद्धको खोप लगाएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार प्रदेश १ मा १७ हजार २८७, प्रदेश २ मा १६ हजार १७३, बागमती प्रदेशमा ४५ हजार ३४५ र गण्डकी प्रदेशमा १६ हजार २७० जनाले कोरोना खोप लगाएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशमा १७ हजार ९७९, कर्णाली प्रदेशमा ६ हजार ६६० र सुदूरपश्चिम प्रदेशमा ८ हजार ९३६ जनादले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले भारतबाट ल्याएको पहिलो चरणको खोप फ्रन्ट लाइनमा खटिने स्वास्थ्यकर्मी, सफाइ कर्मचारी, शव व्यवस्थापनमा खटिने कर्मचारी, एम्बुलेन्स चालक लगायतलाई लगाउन थालेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: