काठमाडौं । सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप लिन आज बिहिबार नेपाल एयरलाइन्सको विमान चीन जाँदै छ । खोप भोलि नेपाल आइपुग्ने छ ।
सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो। जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ ।
खरिद गरेको बाँकी ४४ लाख डोज खोप लिन नेपाल वायु सेवा निगमको वाइडवडी ३३० जहाज आज साँझ पौने ६ बजे बेइजिङ तर्फ जाने छ । आज बेइजिङका लागि जाने विमानले भोली बिहान भेरोसेल खोप लिएर नेपाल आइपुग्ने छ ।
यसअघि निगमको जहाज खोप लिन हिजो नै जाने र आज खोप ल्याउने बताइएको थियो । तर पछि शंसोधन गर्दै एक दिन पछाडि सारिएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् ।
भेरोसेल खोप यसअघि एक भाइलमा दुई डोज मात्र हुन्थ्यो । जसका कारण एक पटकको फ्लाइटमा ८ लाख भाइल ल्याउने गरिएको थियो । तर अहिले चीनले एक भाइलमा ५ डोजको खोप उत्पादन गर्दै आएको छ ।
जसका कारण एकै पटक ४४ लाख डोज खोप ल्याउन सकिने भएको हो। भेरोसेल खोप सुरुमा एक भाइलमा एक डोज, त्यसपछि एक भाइलमा दुई र अहिले एक भाइलमा पाँच डोज आउन थालेको हो ।
सरकारले आगामी चैतसम्म सबै नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया