चीनद्वारा नेपाललाई १० लाख डोज खोप दिइने

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ १२

काठमाडौं । चीनद्वारा नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिइने निर्णय भएको छ ।

बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् ।

दुई राष्ट्रपतिबीचको टेलिफोन वार्ता पश्चात नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेकी हुन् ।

यसअघि पनि चीनले नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *