कोभिड संक्रमित भन्दा निको हुनेको संख्या दोब्बरले धेरै, ७ जनाको निधन

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन १७

काठमाडौं । नेपालमा कोभिड संक्रमण कम हुने क्रममा आइतवार संक्रमितको संख्या भन्दा निको हुनेको संख्या करिब दोब्बर देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा ६७९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट ७ हजार ७० र एन्टिजेन विधिबाट ३ हजार ८५० जनामा परिक्षण गर्दा ६७९ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ९७ हजार १९२ र एन्टिजेनबाट ९२ हजार ३४ जना पुगेको छ ।

यस्तै, आज थप १४०७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ६९ हजार २२४ जना पुगेको छ । निको हुने दर ९६.५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार १६४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८०४ रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *