बिना कारण चार पत्रकारलाई पक्राउ गरिएकोमा महासंघद्वारा ध्यानाकर्षण, रिहाईको माग

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन १४

काठमाडौं । नेपाल पत्रकार महासंघले चार जना पत्रकारलाई पक्राउ गरिएकोमा ध्यानाकर्षण भएको जनाएको छ । साथै पक्राउ पत्रकारलाई बिना शर्त रिहाईको माग समेत गरेको छ । पत्रकार महासंघले प्रेस विज्ञप्ती निकाल्दै साइवर क्राइम ब्युरोबाट हिजो बुधबार पक्राउ परेका चार जना पत्रकारलाई रिहाइको माग गरेको हो ।

महासंघका महासचिव रोसन पुरीद्धारा हस्ताक्षरित बिज्ञप्तीमार्फत राज्य प्रदत्त प्रेस तथा अभिब्यिक्ति स्वतन्त्रताको रक्षा गर्नु पर्ने लोकतान्त्रीक सरकारले स्वतन्त्रता पुर्वक समाचार तथा भिडियो संकलन गर्न पाउने अधिकारलाई बिद्युतिय कारोबार ऐनको हवाला दिदै पक्राउ गर्नु दुखद भएको बताउँदै समाचार वा भिडियो प्रति चित्त नबुझे प्रेस काउन्सिलको माध्यमबाट उपचार खोज्न सकिनेमा सिधै प्रहरीले सम्बन्धीत कुनै पनि निकायलाई जानकारी समेत नगराई गिराफ्तार गर्ने कार्य प्रति महासंघले आपत्ति जनाएको छ ।

आगामी दिनमा यस्ता कार्य नगर्न नगराउन प्रहरी प्रधान कार्यालय साईर ब्युरो र सम्बन्धीत निकायको ध्यानाकर्षण समेत गराएको छ । डिजिटल मिडिया पत्रकार संघका अध्यक्ष प्रकाश चन्द्र दाहाल,महासचिव सन्तोष देउजा सचिव मिलन सिंह र महासंघका महासचिव रोसन पुरी बिचको छलफल पछि युट्युवको माध्यममा काम गर्ने पत्रकारहरुको समस्या समाधन गर्न महासंघ खम्बा बनेर उभिने महासचिव पुरीले बताए ।

आगामी दिनमा युट्युव पत्रकार माथि राज्यबाट हुने हरेक घटनामा महासंघले प्रतिरोध गर्ने पुरीले बताए । साथै हिरासतमा भएकाहरुको कानुनी प्रकृयाका लागि महासंघले निसुल्क कानुन ब्यबसायीको समेत जिम्मा लिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *