काठमाडौं । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा नि:शुल्क उपचार दिने निर्णय गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलद्वारा हिजो प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को बजेटमा नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरिएको थियो ।
पत्रकारको उपचारका लागि नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिललगायतका संस्थासँग मिलेर कार्य गरिने अर्थमन्त्री पौडेलले बताए ।
मन्त्री पौडेलले कोरोनाभाइरस महामारीबाट प्रभावित पत्रकारलाई लेखनवृत्ति सुविधा दिने पनि बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया