सरकारले जारी गरेको निषेधाज्ञामा पत्रकारलाई थप कडाइ गरेको छ।
शुक्रबार बसेको सिसिएमसी बैठकले प्रेस कार्डको दुरूपयोग बढ्दै गएका कारण काठमाडौं, ललितपुर र भक्तपुर को हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने निर्णय गरेको हो।
यसअघि सम्बन्धित मिडिया हाउसको कार्ड भए पुग्ने थियो।
यसैगरी बैठकले निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला शहरहरूमा भने बैंक तथा वित्तीय संस्थाहरूका एक चौथाइ शाखाहरूमा एक चौथाइ कर्मचारी राखी सञ्चालन गर्न निर्देशन दिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया