×

सत्ता गठबन्धनको बैठकमा मुख्यसचिव वैरागी

भदौ २३, २०७८ | दाक्सु मिडिया सम्वाददाता

काठमाडौ ।  सिंहदरवारमा सुरु भएको सत्ता गठवन्धन दलको बैठकमा मुख्यसचिव शंकरदास बैरागी पनि उपस्थित भएका छन् । 

बैठकमा सहभागी हुन सिंहदरवार पुगेका नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताका अनुसार बैरागी अहिले बैठकस्थलमा छन् । 

एमालेले आफ्नो पार्टीबाट हटाएका १४ सांसद संसद् बैठकमा प्रवेश गरे बैठक चल्न नदिने चेतावनी दिएपछि सत्ता गठबन्धन दलको बैठक सिंहदरवारमा सुरु भएको हो । । 

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेविरुद्धको रणनीति तय गर्न बैठक डाकेको ती नेताले बताए । 

बैठकले अपरान्ह ४ बजे बस्ने संसद बैठकमा कसरी प्रस्तुत हुने भनेर सामूहिक धारणा बनाउने ती नेताको भनाइ छ । 

बैठकमा देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एस) का अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीका साथै ती दलको संसदीय दलका सचेतकहरूको समेत सहभागिता छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: