काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ । यद्यपि उनले राजीनामा दिइसकेका छन् ।
नेपाली कांग्रेसका नेता विरेन्द्र कुमार कनौडियाले अविश्वास प्रस्ताव पेश गरेका हुन् । उनले सम्बोधनको क्रममा सत्ता पक्षका प्रदेशसभा सदस्य अनुपस्थित रहेकाले धेरै नबोल्ने भन्दै अविश्वास प्रस्ताव पेश गरे ।
उनले उत्त, प्रस्ताव पेश गर्दै राजीनामाको घोषणा गरेर शंकर पोखरेलले बचेको लाज बचाउने काम गरेको बताए ।
उक्त बैठकमा सत्ता पक्ष एमाले भने उपस्थित भएका छैन । सत्तापक्षको सिटहरु खाली छन् ।
मुख्यमन्त्री पोखरेलले केही बेर अघि राजीनामा दिएको भए पनि प्रदेशसभामा पत्र नआइसकेका कारण प्रदेशसभाको पूर्वनिर्धारित बैठक सुरु भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया